राजन कुमार बानिया /पर्सा ३१ भदौ
पर्साको बहुदरमाई नगरपालिकाको ८ अौ नगरसभा अाज सम्पन भएको छ। नेपाल भरिको नगरसभा असाढ १० गते अाउनु पर्नेमा साढे ३ महिना ढिलो अाएको हो । नगर सभा ढिलो अाएपनी बजेट दुरुस्त अाएको ले स्थानिय खुशि भएका छन। नगरसभा अार्थिक बर्ष ०७९/८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम बाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपैयाँ तिरानबे पैसाको अनुमानित बजेट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले प्रस्तुतिकरण गर्नु भएकोस थियो। नीति कार्यक्रम तथा प्रस्तुतिकरणमा संघिय सरकार समानिकरण अनुदान १३ करोड ८२ लाख, शशर्त अनुदान २१ करोड ३ लाख,।सम्पुर्क अनुदान १ करोड, राजस्व बाँडफाड ९करोड ३१ लाख ४९ हजार। लगायत प्रदेशको बजेट गरि बजेट प्रस्तुतिकरण पारित गरिको हो बजेटमा शिक्षा, स्वास्थ्य ,कृषि , पर्यटन, भौतिक पुर्वधार बिकास , युवा तथा महिला बालबालिका लगायत योजना हरु राखिएको नगरप्रमुख सिंगासन साह तेली ले जनाएका छन। नगरसभा ढिलो अाएपनी तर दुरुस्त अाएको सम्पुर्ण जनता हरु को हित मा योजना समेटिएको मेयर साह ले बताए । नगरसभा नगरप्रमुख सिंगासन साह तेली को अध्यक्षतामा भएको कार्यक्रम मा उपमेयर सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेती , वडा अध्यक्ष प्रमोद यादव,जितेन्द्र पटेल,दिनेश यादव , सुरेन्द्र प्रसाद यादव,सुनिल महतो कोईरी,प्रमोद प्रसाद साह,बिरेन्द्र प्रसाद यादव,पुनिलाल साह,रबिन्द्र कुमार गुपत, लगायत पालिका सदस्य,नगरपालिका सदस्य,कर्मचारी ईन्जिनियर बिनेश कु साह, ईश्वरदेव प्रसाद यादव, लेखा उपेन्द्र साह, सह लेखा हरी प्रसाद कुर्मी ,समाजिक बिकास प्रमुख रामबाबु प्रसाद कुर्मी,अाईटी अौफिसर भास्कर पाण्डे,बिरेन्द्र साह,लगायत स्थानिय हरु को सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

