Rashtriya Dainik

कालिकामाई गापा को ८ अौ गाउँसभा : ४२ कराेड ७३ लाखकाे बजेट प्रस्तुत

राजन कुमार बानिया /पर्सा ३१ भदाै
पर्साको कालिकामाई गाउँपालिकाको ८ अौ गाउँसभा शुक्रबार सम्पन्न भएकाे छ। असार १० भित्रै हुनु पर्ने गाँउसभा साढे ३ महिना ढिलो भएपनी अाज गाउसभा सम्पन्न भएकाे हाे। गाउँ सभा को तेस्रो बैठकबाट गाँउसभामा चालू आर्थिक वर्ष ०७९/०८० काे नीति कार्यक्रम तथा बजेट प्रस्तुतकरण कार्यक्रम सार्बजनिक गरिएकाे हो।
गाँउसभामा मा ७९/८० को बजेट ४२ करोड ६६ लाख ४० हजार२ सय ९२ रुपैयाको अनुमानित बजेट गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरीले प्रस्तुत गर्नु भएको थियो।
त्यसअघि गाँउसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले भने आफूहरुकाे ध्यान गाँउपालिकाकाे विकासमा केन्द्रीत रहेकाे भन्दै चुनावका बेला जनता सामु गरिएको प्रतिबद्धता पूरा गर्न अब एक जुट भएर विकासको काममा अगाडी बढ्ने बताए । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिका साथै पर्यटन र भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको उनले बताए।
कालिकामाई गाउँउपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षतामा भएकाे छ। वडाका अध्यक्षहरु ,गाँउकार्यपालिका सदस्यहरु लगायतकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित