Rashtriya Dainik

सियारी गाउँपालिकामा लागू पदार्थ दुर्ब्यसन , बाल बिबाह नियन्त्रण कार्यक्रम सम्पन्न

राजन चाैधरी / रुपन्देही , ३१ भदौ

रुपन्देहीको सियारी गाउँपालिकामा एक दिने बिद्यालय स्तरका बाल बालिकाहरुलाइ लागू पदार्थ दुर्ब्यसन , बाल बिबाह नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

महिला तथा बाल बालिका बिभागकाे अायाेजनामा सन्चालित कार्यक्रम महिला बिकास शाखा प्रमुख शान्ता पाैडेलकाे अध्यक्षता एवं गा पा अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षा शाखाका शाखा प्रमुख सुधिर पौडेल बालबालिकाहरुलाई लागू औसधबाट वच्ने उपाय , समुदाय सचेतिकरण सन्दर्भमा अाफ्नाे विचार राख्नुभएको थियो ।

त्यस्तै गा.पा उपाध्यक्ष तारा चौधरीले शिक्षक र शिक्षिकाले देखाएको बाटाेमा हिद्नु पर्छ । बाल बिबाह गर्नु हुदैन । कुलतमा फस्नु हुदैन अरुलाइ पनि सचेत गरौनु पर्छ साथै शैक्षिक क्षेत्रको बिकास,लागू पदार्थ दुर्ब्यसनी रोकथाम लागि नया योजनाहरु अगाडि सारी काम सुरु गर्न लागिएको बताउनु भयो ।

अभिमुखी कार्यक्रमका प्रशिक्षक जिल्ला प्रहरी कार्यलयका असै हेम बहादुर नेपालीले लागू औसध सम्बन्धी प्रशिक्षण दिनु भएको थियो भने महिला हिन्सा सम्बन्धी निर्देशक निरा अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।


त्यस्तै बाल बिबाह सम्बन्धि महिलाबिकास अधिकृत निर्मला कार्कीले प्रशिक्षण दिनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा सियारी गा पा भित्र का ८ वटा बिद्यालयका बिद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको उद्घाटन गा पा उपाध्यक्ष तारा चौधरीले गर्नु भएको थियो भने सन्चालन निर्मला कर्कीले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित