राजन कुमार बानिया / पर्सा, ३० भदौ
पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ जनता समाजबादी पार्टीले टिकट गाउने निश्चित भएको छ । सिटबाडफाट गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १,२, र ४ मा दाबि गरेको हुदा जसपा पर्साले क्षेत्र नम्बर ३ मा टिकट पाउने लगभग निश्चित भएको हो ।
पाँच दलीय सत्ता गठबन्धनको बसेको बैठकमा सिटबाडफाटको बारेमा सहमति नजुटेको भए पनि कांग्रेसले क्षेत्र नम्बर ३ बाहेक १,२,र ४ मा दाबि गरेकोले क्षेत्र नम्बर ३ मा जसपाके टिकट पाउने निश्चित नै भएको जसपा निकट श्रोतको दावी छ ।
टिकट पाउने निश्चित भए संगै जसपाबाट प्रतिनिधि सभाकोलागी प्रत्यक्ष सिफारिस हुनुभएकी डा. मधु गुप्ता आफ्नो चुनावी गतिबिधि तिब्रताको साथ बढाउनु भएको छ । उहाले पर्सा क्षेत्र नम्बर ३ को सबै ईलाकामा पुगेर स्थानीय संग राजनीतिक भेटघाटलाई तिब्र पार्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

