वीरगंज/ ३० भाद्र
पर्सा प्रहरीले साढे १३ किलो ग्राम लागुअौषध चरेश नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको मनवा चौकीले १३ केजी ८०० ग्राम चरेश सहित सार्वजनिक नम्बरको अटोवाट मकवानपुरका ३ जना महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले पर्सागढी वडा नम्बर २ नम्बर बागवाना स्थित सडकखण्डमा मनवा चौकीवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने कर्ममा जितपुरवाट मानवा तर्फ जादै गरेको ना २ ह ३१८६ नम्बरको सार्वजनिक नम्बरको अटो रुकी चेकजाँच गर्दा अटोमा सवाररहेका महिलाहरुको झोलावाट १३ केजी ८०० ग्राम लागुअौषध चरेश सहित महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
पकाउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गपा वडा नम्बर २ बर्ष ४२ को कल्पना मोक्तान , मनहरी वडा ८ बर्ष३६ का कबितामाया बल र उक्त ठाऊकै बर्ष २३ का रिता विश्वकर्मा सहित ३ जनालाई पक्राउ गरि लागू अौषध समबन्धी कसूरमा मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

