प्रेमशिला यादव /सिरहा लहान २९ भदौ – जनता समाजवादी पार्टी नेपाल कर्जन्हा नगर कमिटीकाे आयाेजनामा बृहत अगुवा कर्याकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ्।नगर अध्यक्ष केशब प्रसाद साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संबिधान सभा सदस्य तथा केन्द्रिय राजनीतिक समिति सदस्य एवं क्षेत्र क्षेत्र नं.४को प्रस्तावित प्रतिनिधि सभा सदस्यका उम्मेदवार समाजसेवी डा.बिरेन्द्र प्रसाद महतो रहनु भएको थियो।
विशिस्ट अतिथिहरुमा चन्देश्वर पासवान,राम कुमार मंडल लगायत नगर स्तरीय निर्वाचित जनप्रतिनिधि स्थानीय निर्वाचनका प्रत्यासी उम्मेदवार लगायत अगुवा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
मंसिर ४ गते हुन् लगेको निर्वाचन लाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरेको थियो। चुनावी रनिती र चुनावी प्रचार प्रसारको लागी पार्टीका नेताहरुमा सकृय हुन् कार्यक्रमको आयोजना गरेको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

