Rashtriya Dainik

जिराभवानी गाँउपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

बिरगंज २९ भदौ
पर्साको जिराभवानी गाउँपालिकामा बुधबार राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ
कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका विज्ञ सदस्य हिमाल चन्द गौतमले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष अहमदको अध्यक्षतामा भएको कार्यक्रममा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । अध्यक्ष अहमदका अनुसार जिराभवानी पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
कर्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, सम्पुर्ण,वडाअध्यक्षहरु, वडासदस्यहरु र कार्यपालिका सदस्यहरुको सहभनगीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित