राष्ट्रिय दैनिक / नवलपरासी , २८ भदौ
नेपाल फोटो पत्रकार महासंघ नवलपरासीको दाेस्राे साधारणसभा एवं अधिवेशन मंगलबार परासीमा सम्पन्न भएको छ।
अधिवेशनले अनिल यादवको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हाे।जसको उपाध्यक्ष हुसेन अन्सारी,सचिव उमेश वि.क,कोषाध्यक्ष विकास अधिकारी,सहचिव रविन्द्र यादव रहनुभएको छ।
त्यसैगरी सदस्यहरुमा प्रदीप पाठक,उर्मिला यादव,आरती राना,जीतेन्द्र गुप्ता,माधव घिमिरे,राज चौधरी चयन हुनुभएको निर्वाचन संयोजक एवं नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो।
फोटो पत्रकार महासंघ नवलपरासीका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा,जिसस उपप्रमुख राम दयाल तेलि,पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,पुर्व अध्यक्ष केशव पराजुलीको विशेष आतिथ्यता भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले पत्रकारिता जगत समाजको ऐना भएकोले सत्य,तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै समाज रुपान्तरणमा टेवा पुग्ने गरी पत्रकारिता गर्न आग्रह पनि गर्नुभयो। प्रविधिको प्रयोगसँगै फोटो पत्रकारितालाई व्यवसायिक बनाउन उहाँको सुझाव थियो।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ताले भ्रम फैलाउने नभई सत्य समाचार प्रवाह गर्न आग्रह गर्नुभयो।
त्यस्तै रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले पेशागत मर्यादा र आचारसंहिताको पूर्ण पालना गर्न सके व्यवसायिक पत्रकारिताले फड्को मार्ने बताउनुभयो।

त्यस्तै पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले औपचारिक पत्रकारितामा मात्र सीमित नहुन आग्रह गर्नुभयो। पत्रकार महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेकोले आफ्नो क्षमता वृद्धि गर्दै खोजमूलक पत्रकारिता गर्न उहाँले जोड दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

