Rashtriya Dainik

नवलपरासी २ (क) बाट प्रत्यक्ष सिफारिस उम्मेदवार माेहन प्रसाद शर्माकाे क्रेज

राष्ट्रिय दैनिक / नवलपरासी , २८ भदौ

नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी क्षेत्र नं. २ प्रदेशसभा क बाट प्रत्यक्ष सिफारिस उम्मेदवार माेहन प्रसाद शर्माकाे क्रेज बढेको छ।

समाजसेवी , बुद्धिजीवी एवम शैक्षिक ब्यक्तित्वकाे क्षवि बनाउन सफल भएका नेपाली काङ्ग्रेस नवलपरासीका वरिष्ठ नेता शर्मा प्रदेशसभा क मा टिकट पाएकाे खण्डमा जित सुनिश्चित रहेको वहाँकाे शुभचिन्तक बताउछन ।

बलियो राजनीति पृष्ठभुमि रहेको नेपाली काङ्ग्रेसको बरिस्ठ सदस्य शर्मा हाल राजनीति अग्रपंक्तिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका छन।

जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र क्षेत्र नं. २ प्रदेशसभा क लाई समृद्ध निर्माण गरि परिवर्तन मुखी समाज निर्माण गर्न आफुले प्रदेशसभा सदस्य पदको लागी अाकान्छी रहेको बताएका छन।

अति बिपन्न , गरीब, दलित , मधेसी ,मुस्लिम , अादिबासी , पिछडा वर्ग र अहाय समुदायलाई गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले प्रदेशसभा सदस्यकाे लागि अाफ्नाे नाम दाबी गरेका हुन।

२०४८ सालकाे संसदीय निर्वाचनमा क्षेत्र नम्बर ४ काे सचिव पदको जिम्मेवारी वहन गरेका शर्मा नेपाल शिक्षक संघ र नेपाल शिक्षक युनियनकाे तीन कार्यकाल करिब १४ बर्ष जिल्ला अध्यक्षकाे जिम्मेवारी विवादरहित रुपमा बहन गर्नुभएको थियोे । शर्मा १३अाैँ र १४अाैँ महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

नेपाली काङ्ग्रेस संगठन बिभाग केन्द्रीय सदस्य समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएकाे शर्मा नेपाली काङ्ग्रेसबाट प्रदेशसभा सदस्य बलियो उम्मेदवारकाे रुपमा देखिनुभएकाे छ ।

विगतमा देखिएका राजनीति सामाजिक र अार्थिक क्षेत्रमा देखिने गरेको पुर्वाग्रही अाचारण र भ्रष्टाचारप्रति शुन्य सहनशीलताकाे मान्यता राख्ने नेता शर्मा बिगत लामो समय देखि राजनीति अग्रपंक्तिमा सकृय रही प्रदेशसभा सदस्यकाे उमेदवारका लागि निकै चर्चामा रहेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित