Rashtriya Dainik

अगुवा पशुपालक कृषक तथा ब्यवसायिक फर्महरुलाई क्षमता बिकास तालिम

राष्ट्रिय दैनिक / नवलपरासी , २८ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा अगुवा पशुपालक कृषक तथा ब्यवसायिक फर्महरुलाई क्षमता बिकास तालिम सम्पन्न भएको छ ।

पशु सेवा शाखाकाे अायाेजनामा सन्चालित कार्यक्रम वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा क्षमता बिकास तालिम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले किसानहरु ब्यवसायिक पशुपालनमा लागि अाफ्नाे र पालिकाकाे समग्र विकासमा लाग्न सबैलाई अनुरोध गर्दै पालिकाबाट हुने सहयोग साथ हमेशा दिइ रहने प्रतिबद्धता समेत दिनुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा रन्जना महताे , अर्जुन गुप्ता लगाएतले ब्यवसायिक रुपमा पशुपालन गरि अार्थिक रुपमा सबल बन्न जाेड दिइएका थिए ।

तालिममा सहभागी वडा नम्बर १ देखि ७ सम्मका ३५ जना सहभागीहरुलाई पौष्टिक आहार तथा भिटामिन वितरण गरिएको थियो ।

तालिमकाे सहजिकरण सरावल गाउँपालिका पशुसेवा शाखा प्रमुख यम अर्यालले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित