Rashtriya Dainik

महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा जसपा नेतृ डा.मधु गुप्ताको जोड

राजन कुमार बानिया /पर्सा २७भदाै
आसन्न प्रतिनिधि सभा सदस्यको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सिफारिस भएकी जनता समाजबादी पार्टी (जसपा)की नेतृ डा.मधु गुप्ताले सबै ठाउँमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताएकी छन् ।
सोमबार पाेखरीयामा स्थानियसंग भेटघाटका क्रममा डा.गुप्ताले पुरुष जस्तै महिलाको पनि सबै क्षेत्रमा प्रतिनिधित्व समान हुनुपर्नेमा जोड दिइन्। आफ्नाे पेशा डाक्टर भएपनि आफु महिलाको अधिकार सुनिश्ता गर्नको लागी राजनीतिमा होमिएको उनले बताइन्। उनले संबिधानमा महिलाको अधिकार ३३ प्रतिशत उल्लेख गरिएको भए ता पनि अहिले सम्म त्यो ३३ प्रतिशतको खासगरी ग्रामिण ईलाकाका महिलाले अनुभव गर्न नसकेको दुखेसो पोखीन् ।
डा.गुप्ताले आफु युवा अनि शिक्षित पनि रहेकोले नीति निर्माणकाे तहमा पुगेमा ग्रामिण क्षेत्रका पिछिडिएका समुदायसंगै आदिबासी , जनजाति , मुस्लिम लगायत सबै बर्गको बिकासको लागी साझा रणनीति बनाउन पहल गर्ने बताइन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित