Rashtriya Dainik

लायन्सहरुका लागि नवलपरासीको बर्दघाटमा जोनल ओरिन्टेशन प्रोग्राम सम्पन्न

कृष्ण ढकाल /बर्दघाट,भदौं–२६
डिस्टिक ३ सय २५ पि. नेपाल अन्र्तगतको लायन्स क्लव अफ दाउन्नेको आयोजनामा लायन्स क्लव अफ दाउन्ने ,बर्दघाट र गोपिगञ्जका सदस्यहरुलाई लक्षीतगरी शनिवार बर्दघाटमा जोनल ओरिन्टेशन प्रोग्राम सम्पन्न् भएको छ ।
लायन्सका प्रभावशाली प्रशिक्षक विनोद खरेलको प्रशिक्षण रहेको उक्त ओरिन्टेशन प्रोग्राममा लायन्स पुरुषोत्तम प्रद्यानाङ्ग प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।

लयन्स के हो ? यसमा लाग्दा केहुन्छ ? कसरी काम गर्नु पर्छ ? लायन्सहरुको काम कर्तब्य र अधिकार ? ,समुहमा काम गर्दा र एकल काम गर्दा परिणम के आउछ ? समाजको रुपान्तण कसरी गर्न सकिन्छ ? कुनै पनि कामको रुपान्तण गर्ने शैलि के हो ? आदि बिषयमा केन्द्रित रहेर प्रशिक्षण गरिएको उक्त कार्यक्रम निक्कैनै प्रभावकारी रहेको थियो ।

डिस्टिक ३ सय २५ पि. नेपालकी जोन चियरप्रसन लायन्स कमला शर्मा बस्यालको अध्यक्षता र सन्देश भण्डारीको संचालन रहेको उक्त प्रशिक्षण कार्यक्रममा लायन्स क्लव अफ गोपिगञ्जका श्रीकृष्ण न्यौपाने,लायन्स क्लव अफ बर्दघाटकी शिवा भट्टराई र लायन्स क्लव अफ दाउन्नेका भिम प्रसाद सुवेदीले आफ्नो अनुभव सहितको भनाईहरु राख्नु भएको थियो ।

त्यसैगरी लायन्स युवराज डुम्रेले बर्दघाटमा लायन्सहरुकै पहलमा डेन्टल हस्पिटल र लायन्स पार्क निमार्णका लागि पहल भैरहेको जानकारी गराउनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि पुरुषोत्तम प्रद्यानाङ्गले लायन्सहरु भनेको समाजका हुने खानेहरुको समुह भएकै कारण आफुभन्दा तलका असाहयहरुको सहयोग गर्दै समाजका लागि सकरात्मक कार्य गर्न लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले लायन्सहरु पनि सबै जिल्ला र क्षेत्रका एक आपसमा जुटेर समाजको विकास र समृद्धि तर्फ केन्द्रित हुनु पर्ने बताउनु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित