राष्ट्रिय दैनिक / नवलपरासी ,२६ भदौ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकाे कार्यवाहककाे जिम्मेवारी पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले पाउनु भएको छ ।
पालिका अध्यक्ष करिब दुई हप्तासम्म गाउँपालिका अनुपस्थित भएकोले भाद्र १९ गते गाउँपालिका उपाध्यक्ष अन्सारी हुँदा हुँदै बैठकले जेष्ठताकाे अधारमा निर्णय गरेर वडा नम्बर १ वडा अध्यक्ष चुल्हाई प्रसाद यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
कार्यपालिकाकाे निर्णय दुबिधा भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतमले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यवाहक सम्बन्धमा दुबिधा उत्पन्न भएकोले अावश्यक निर्देशन दिइने भनी पत्र पठाएका थिए ।
साेहि पत्रकाे अधारमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपाध्यक्ष खातुनलाई कार्यवाहककाे जिम्मेवारी दिइने निर्देशन दिइएको हाे ।
उपाध्यक्ष खातुनले आफुले कार्यवाहक अध्यक्ष पदमा रहि नितिनियम संवत कार्य सम्पादन गरि जनतालाई सहजता प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

