Rashtriya Dainik

किशोर किशोरीहरुलाई आत्महत्यावारे सचेतना फैलाउदै रामग्राम नगरपालिका

राज चाैधरी/ नवलपरासी, २५ भदौ
आज विश्व आत्महत्या रोकथाम दिवस । समुदायिक तथ निजि विद्यालयका किशोर किशोरीहरुलाई कार्य मार्फत आशाको श्रृजना अभियानका साथ आत्महत्या सम्वन्धी सचेतना दिइएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ का विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई किशोर किशोरी अवस्थामा हुनसक्ने सम्भावित आत्महत्याको अवस्था र आत्महत्याको जोखिमबाट जोगिने संभावित उपायहरुका वारेमा कार्यक्रममा जानकारी गराईको छ । किशोर किशोरीहरुको मनोविज्ञानमा परेको नकारात्मक प्रभाव, वैदेशिक रोजगारीको असफलता, प्रेमसम्वन्धको असफलता तथा पारिवारीक कटुसम्वन्धका लगायतका कारण आत्महत्याका प्रयासहरु भैरहने अवस्थालाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाको स्वास्थ शाखाको आयोजनामा समुदायमा आत्माहत्य रोकथामको लागी किशोर किशोरीलाई १ दिने सचेतना कार्यक्रम संचालन गरिएको स्वास्थ शाखका हेल्थ असिस्टेन्ट सुरज गौतमले वताएको छ । यस कार्यक्रमको लागि प्रत्यक बर्ष बजेट आएपनी नवलपरासीको सात वटा स्थानीय तह माध्य रामग्राम नगरपालिकाले मात्र गरेको पाइएको छ तर अरु पालिकहरुले यो कार्यक्रम नगरी बजेट फृज गरेको पाएइको छ ।
२०७८ ०/७९ को अनुसार ६ हजार ८ सय ३० जना बर्षिक रुपमा आत्माहत्या गरेको पाइन्छ । भने हरेक दिन सरदार १९ देखि २० जनाले ज्यान गुमाउनेको अवस्था छ । बिगत ५ बर्ष देखि ७,८ प्रतिशतले आत्माहत्याको घटना वृद्धी भएको छ । भने ९५ प्रतिशत मानसिक रोगले आत्माहत्या गरेको पाईन्छ । विश्व भारी बढी मात्रमा युवा किशोर किशोरी आत्माहत्या मृत्यु भएको देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित