Rashtriya Dainik

एक दिने निशुल्क अाँखा शिबिर सम्पन्न

राजन कुमार बानिया /पर्सा २५ भदौ
केडिया अाँखा अस्पताल परवानीपुरको प्राबिधिक सहयोग र भिस्वा युवा समाजको अायोजनामा एक दिने निशुल्क अाँखा शिबिर अाज पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वामा भएको छ। अाँखा शिबिरमा ८ सय ५५ जनाको अाँखा परिक्षण भएको र शिबिरमा ३२० जना मोतियाबिन्दु रोगी हरु फेला परेका छन। भिस्वा गुवा समाजले अायोजना गरेको अाँखा शिबिरमा भारतिय सिकटा ग्राम पंचायतका मुखिया राजन चौरसियाको सहयोगमा शिबिर सम्पन भएको थियो। अाँखा शिबिर लाई सिकटाको मुखिया चौरसियाले फिता काटेर उदघाटन गर्नु भएको थियो। अाँखा शिबिर उदघाटन कार्यक्रमा वडा अध्यक्ष मौजीलाल साह, समाज सेबी मनोज कुमार पटेल,संतोष कुमार , पत्रकार राजन कुमार बानिया, सारुख मिया, धर्मेन्द्र यादव ,सुरक्षाकर्मी , लगायतको सहभागिता रहेको थियो । अाँखा शिबिरमा केडिया अाँखा अस्पताल परवानीपुरका प्राबिधिक डाक्टर शिवशंकर गुप्ता ,राजदेव साह, चन्दन गुप्ता लगायत चेकजाँच गरेका थिए। अाँखा शिबिर मा चेकजाँच गरि निशुल्क अौषधी बितरण गर्नु भएको हो। निशुल्क अाँखा शिवीरमा मोतियाबिन्दु रोगी हरुलाई सोमबार ,मंगलबार ,र बुधबार तीन दिन निशुल्क अाँखाको सल्यक्रिया हुने अायोजक समितका मनोज कुमार पटेलले बताएका । निशुल्क अाँखा शिबिरमा भारत नेपालको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित