राष्ट्रिय दैनिक / नवलपरासी , २४ भदौ
नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती नेपाली कांग्रेस र उसका भातृ संगठनले शुक्रबार विभिन्न कार्यक्रम मनाएका छन् ।
त्यस्तै पश्चिम नवलपरासीको बि.पी स्मृती भवन परासीमा १०९ अाैँ बि.पी जयन्ती समारोह मनाइएको छ।
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नम्बर २ नवलपरासीकाे अायाेजनामा कार्यसमिति सभापति माधव प्रसाद पाण्डेयकाे अध्यक्षता तथा केन्द्रीय सदस्य मान बहादुर नेपालीकाे प्रमुख अातिथ्यतामा १०९ अाैँ बि.पी जयन्ती समारोह सम्पन्न भएको हाे ।
बि.पी जयन्ती समारोहलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य नेपालीले विपीको विचारलाई कांग्रेसले आत्मसात् गर्न बिर्सिन थालेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । विपी विचार, कांग्रेस र नेपालको राजनीतिक विकासक्रमका बारेमा धारणा राखेका थिए ।

त्यस्तै नेपाली काङ्ग्रेस बरिस्ठ सदस्य माेहन प्रसाद शर्माले नवलपरासीमा पार्टी अधिबेशनकाे बेला मात्र गुट उपगुट रहेकोले त्याे समाप्त भइसकेको बताउदै हाल एकअापसमा मतभेद मात्र रहेको र यसलाई सम्बाद छिट्टै टुंगो लगाउन बिशेष भुमिका खेल्ने बताउनु भएको थियो । हामी मजबुत बन्नुभन्दा पार्टी मजबुत बनाउनुपर्छ भन्दै अाउने निर्वाचनमा सबै कार्यकर्ता एकजुट भएर जसले टिकट पाए पनि जिताउन लाग्नुपर्ने सबै नेता कार्यकर्तालाई अाग्रह गर्नुभएको थियोे ।
कार्यक्रममा महासमिति सदस्य सुनिता श्रेष्ठ , काङ्ग्रेस नेता राधेश्याम पाठक , बैजनाथ जैसवाल , शिवशंकर राय, देवराज भण्डारी ,गजानन्द पटेल , रम्भा कुवर , ज्याेती ढकाल , पाल्हिनन्दन सभापति हरिहर चाैहान लगाएतले काङ्ग्रेस फुटेर हैन जुटेर लाग्नुपर्ने धारणा राखेका थिए ।

नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको वि.स. १९७१ भदौ २४ गते जन्म भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि जहानियाँ राणा शासन विरुद्ध कोइरालाले कठोर संघर्ष गर्नुभएको थियो । लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा उहाँ पहिलो जननिर्वा्चित प्रधानमन्त्री बन्नुभयो ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । कोइराला सफल राजनीतिज्ञका साथै सफल साहित्यकारको रुपमा समेत परिचित हुनुहुन्छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

