राष्ट्रिय दैनिक / नवलपरासी , २४ भदौ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सभाहल कृषि, पशुपन्छी तथा मत्स्य तथ्यांक अध्यावधिक कार्यक्रम सम्पन्न भएको छ।
सुस्ता गाउँपालिकाको अायाेजनामा पालिका अध्यक्ष टेक नरायण उपाध्यायकाे अध्यक्षतामा तथ्यांक अध्यावधिक कार्यक्रम सम्पन्न भएको हाे ।
अध्यक्ष उपाध्यायले यश पालिकामा कृषि क्षेत्रमा विशेष प्राथमिकता राख्दै बजेट बिनियाेजन गरेको हुनाले अब पालिका भित्र कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा कति कृषक अाबद्ध छन तथ्यांक पता लगाई उनिहरुलाई पालिकाबाट मिल्ने सेवा सुविधामा पहुच पुर्याउने काम गर्ने कुरामा जाेड दिनुभएको थियाे ।

कार्यक्रममा पालिका उपाध्यक्ष गिता चाैधरी , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल , वडा अध्यक्षहरु एव कृषि र पशु प्राविधिक लगाएतकाे सहभागीता रहेको थियो ।

कार्यक्रमकाे सहजिकरण कृषिशाखा प्रमुख किरन कुमारी चाैधरी , पशुशाखा प्रमुख इन्द्रिरा पुन , वडा नम्बर २ वडा अध्यक्ष कृष्णलाल मुखियाले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

