नवलपरासी / २४ भाद्र।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशमा सबै पार्टीले आफ्नो उम्मेदवार सिफारिस गरे संगै राप्रपाले समेत पार्टीको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस गरेको छ ।
राप्रपाले सिफारिस गरिएको प्रदेश सभा सदस्य पदको उम्मेदवार ब्रह्मानन्द लोहारकाे नाम सिफारिस गरेको छ ।
राप्रपाले बिना अनुमति नाम सिफारिस गरेकाे भन्दै नेता लाेहारले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति सहित घोर भत्सर्ना गरेका छन्।
उनका अनुसार अनुसार राप्रपा नवलपरासीले उनको नाम समेत सिफारिस गरेको जानकारी पाउँदै आश्चार्य मान्दै अाफुसंग कुनै सल्लाह ,सहकार्य, नगरी जानकारी बिना प्रत्यक्ष तर्फको प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको विषयमा गम्भीर आपत्ति सहित ध्यानाकर्षण भएको भन्दै घोर भत्सर्ना गरेका छन् ।
” यसरि बदनाम गर्ने नियतले गरिएको यो कार्यको घोर भर्त्सना गर्दछु भन्दै प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन।
उनको प्रेस विज्ञप्ती अनुसार उनी नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको प्रदेश प्रतिनिधि समेत भएकोले उनको राजनीतिक चरित्रको हत्या गर्न यस्तो कु- कार्य गरिएको आशंका गरेका छन्।
उनका अनुसार” नेपाली कांग्रेस पार्टीको एक इमान्दार कार्यक्रता माथि गरिएको योजनापूर्ण संयन्त्रले स्पस्ट गर्छ कि यो मलाई बदनाम गरि मेरो राजनीतिक चरित्र हत्या गर्न खोजिएको छ” भन्ने प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ।
” अाफु नेपाली कांग्रेसको सदस्य भएकोले नेपाली कांग्रेस लगायत कुनै पनि पार्टीमा आफ्नो नाम सिफारिस नगराएको हुनाले भ्रममा नपर्न सम्पूर्ण जन समुदायमा अनुरोध समेत गरेका छन्।
उनका अनुसार ” उनी सधै नेपाली कांग्रेसको क्रियाशील सदस्य भइ पार्टी,देश र जनताको लागि काम गरि रहने बताउँदै यस्ता कु-कार्य नगर्न गराउन सम्पूर्ण सरोकारवाला निकायमा हार्दिक अनुरोध समेत गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

