Rashtriya Dainik

पर्सा प्रहरीद्वारा लागुअाैषध १ जनालाई पक्राउ

वीरगंज २३ गते भाद्र
पर्सा प्रहरीले अवैध लागुअौषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको ईलाका प्रहरी कार्यालयवाट खटिएको टोलीले विशेष सुचनाको अाधारमा पर्साको ठोरी गाऊपालिका वडा नम्बर २ सितागुफा नजिक रहेको भारतको भिखाना तर्फवाट नेपाल तर्फ अाउदै गरेको पैदल यात्रु टाउकोमा जुटको बोरा बोकी हिडिरहेका व्यक्तिलाई रुकी चेकजाँच गर्दा codiwell cough syurip भन्ने४०० पी सहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनकारी दिनुभयो।

पक्राउ पर्नेमा जिल्ला पर्सा ठोरी गाऊपालिका वडा नम्बर २ बर्ष ३० को रबिन्द्र कुमार साहलाई पक्राउ गरि लागू अौषध समबन्धी कसूरमा अनुसन्धान मुद्दा चलाउने प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित