राजन कुमार बानिया /पर्सा २४ भदौ
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गरेका छन । रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितीले जनाएको छ ।
जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको साहले बताए ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ६ न. वडा लखनपुरमा एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्गको अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताएका छ्न ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

