राजन कुमार बानिया /पर्सा २२ भदौ
मंसिर ४ मा हुन गईरहेको संघ र प्रदेशसभा निर्वाचनका लागि पर्सामा नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुको टुङगो लगाएको छ ।
बुधबार बसेको नेकपा माओवादी केन्द्र पर्साको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधी सभाको लागि पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा प्रत्यक्ष उमेदवार टेक बहादु शाक्य लाई सर्बसहमत बाट प्रत्यक्ष तर्फ उमेदवार घोषणा गरेका छन। माओवादी मधेस प्रदेश समितिमा सिफारिस गरेको छ। प्रतिनिधि सभा सांसदमा प्रत्यक्ष तर्फ क्षेत्र नं ४ मा टेक बहादुर शाक्य र उमेदवारी घोषणा गरेका छन। नेकपा माओवादी केन्द्रले पर्साको क्षेत्र नम्बर ४ को (क) मा विजय महत्तो र वीरेन्द्र प्रसाद यादव तथा ४ को (ख) मुरली मनोहर तिवारी , शेख चाँद तारा ,र संतोष पटेलको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।नेकपा माओवादी केन्द्र पर्साका जिल्ला अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षता र जिल्ला इन्चार्ज विजय महत्तोको विशेष उपस्थितीमा बसेको बैठकले उम्मेदवारहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

