Rashtriya Dainik

शिक्षक महासंघद्वारा ठोरी गाउँपालिकालाई ज्ञापनपत्र

हरिकिशोर शर्मा / जिराभवानी,२२ भदौ

शिक्षकहरुको सरुवाको विषयलाई लिएर नेपाल शिक्षक महासंघ ठोरीले गाउँपलिकामा ज्ञापनपत्र बुझाएको छ। नेपाल शिक्षक महासंघ ठोरीका पदाधिकारीहरु र सरुवा गरिएका अधिकांश शिक्षकहरु गाउँपालिका पुगी प्रमुख प्रशकीय अधिकृत कृष्णलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए।शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ ,उपाध्यक्ष गोपिलाल श्रेष्ठ र सचिव दीपेन्द्र सापकोटाको संयुक्त हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ठोरी गाउँपालिकाले महासंघसँग समन्वय नगरी,मनोमानी ढंगले,पूर्वाग्रह राखेर मापदण्ड पूरा नगरी विवेक नपुर्‍याई गरिएको सरुवामा नेपाल शिक्षक महासंघको ध्यानाकर्षण भएकाले तत्काल सरुवा बदर गर्न माग गरिएको छ।आजको मितिले ४ दिन भित्रमा शिक्षक सरुवा रद्द गरी साविककै विद्यालयहरुमा पठनपाठन गराउने वातावरण निर्माण गर्न ज्ञापनपत्रमा गाउँपालिकालाई अनुरोध गरिएको छ।आफ्ना मागप्रति गाउँपालिका गम्भीर नभए थप आन्दोलनका कार्यक्रम गर्न महासंघ बाध्य हुने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुज्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले यस पूर्व कुनै कर्मचारीको सरुवा नभएको तर सरुवा नियमित प्रक्रिया भएको बताउँदै शिक्षक सरुवाका कारण शिक्षक हरुलाई पर्न गएको असहजता प्रति आफ्नो ध्यानाकर्षण भएको र सम्बन्धि निकायसँग छलफल गरी छिट्टै निकास दिने बताएका महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यसै बीच ज्ञापनपत्र बुझाउनु पूर्व बसेको महासंघको बैठकले सरुवा गरिएका शिक्षकहरुलाई हाल कार्यरत विद्यालयमानै नियमित कामकाज गर्नदिन प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ र सबै विद्यालयका प्रधानाध्यापकहरुको ऎक्यबध्द्द्ता लिने समेत निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
ठोरी गाउँपालिकाको कार्यापालिकाको भदौ ४ गतेको निर्णय अनुसार सरुवा गरिएको भन्दै भदौ १९ गतेको मितिमा ठोरी गाउँपालिकामा कार्यरत झण्डै २० जना शिक्षकको सरुवा गरेको थियो तर सरुवा पत्र भने २१ गते मंगलबार सम्बन्धित विद्यालय र सम्बन्धित शिक्षकलाई बुझाइएको महासंघका सचिव दीपेन्द्र सापकोटाले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित