Rashtriya Dainik

सिरहामा ट्राफिक चेकिङ्गमा कडाई

महेश सिंह/ सिरहा लहान २२ भदौ – सिरहा ट्राफिक चेकिङ्गमा कडाई गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले दुर्घटना न्यूनीकरण गर्न पुर्वपश्चिम लोकमार्ग अन्तर्गत चल्ने सवारी साधनमा चेक जाँचमा कडाई गरेका हुन्।

सिरहामा हुने अपराधी क्रियाकलाप र दुर्घटना न्यूनीकरण गर्नमा सिरहा ट्राफिक प्रहरीले जोड दिएका हुन्। प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार दैनिक रूपमा समय अनुकुल
सिरहाका विभिन्न बजार र ठाउँहरुमा ट्राफिक चेकिङ्गमा जोड दिएका हुन्।

ट्राफिक नियमको उलंघन र मादक पदार्थ सेवन गरी , क्षमता भन्दा बढी लोड गरेका सबारी यातायातहरुलाई ट्राफिक प्रहरी को नियम अनुसार जारीवाना काटिने गरेका छन्।
ट्राफिक चेकिङ्ग निरन्तरता दिदा सिरहामा पहिलाको अनुपातमा सिरहामा सडक दुर्घटनामा कमि आएको ट्राफिक प्रहरी सहायक निरीक्षक डम्बर दियालीले जनाए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित