नवलपरासी ,२२ भदौ
कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीको नाम नवलपरासीको निर्वाचन क्षेत्र नं. १, नवलपुर १ र २ बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो ।
नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँचजनाको नाम सिफारिस भएको छ । त्यस्तै, नवलपुर क्षेत्र नं. १ मा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचन लड्दै आएका छन् ।
ad
उनी तीनपटक यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् । यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् ।
नवलपुर क्षेत्र नं. २ मा उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । उनले उक्त क्षेत्रमा पछिल्लो समय व्यापक सक्रियता बढाएका छन् ।
चौधरीले पार्टीको निर्णयअनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लोपटक समानुपातिक सूचीमा रहेका नेताहरूलाई यसपटक नदोहोर्याउने नीति लिएको छ ।
चौधरी ०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भएको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

