Rashtriya Dainik

निजामती सेवा पुरस्कार घोषणा, यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् (सूचीसहित)

काठमाण्डाै , २२ भदौ – आज १९ औँ निजामती सेवा दिवस मनाईंदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ । १० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् । तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ । तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।

पुरस्कार पाउनेकाे सूची :

स्राेत : गाेरखापत्र

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित