राष्ट्रिय दैनिक / नवलपरासी,२१ भदौ
पश्चिम् नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवामा प्रथम गाउले पुरुष कब्बडी प्रतियोगिता सम्पन्न भएको छ ।
गाउले पुरुष कब्बडी खेलकुद समितिकाे अायाेजना र सरावल गाउँपालिका तथा वडा नम्बर ७ काे सहयाेगमा खेलकुद प्रतियोगिता अाज सम्पन्न भएको हाे ।

समितिकाे अध्यक्ष सुरज कुमार बानियाकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको खेलकुद कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन , वडा सदस्य काैशल्या देवी हरिजन, गोपिचन्द हरिजन, संजय मौर्य , पत्रकार देशबन्दु यादव लगायतको उपस्थित रहेको थियोे ।
प्रतियोगितामा प्रथम स्थान महलबारी द्धितिय रतनगन्ज र तृतीय श्रिनगर हुन सफल भएको हाे । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः २४ किलो खसी, १२ किलो कुखुरा , ८ किलो कुखुरा, मेडल ,प्रमाणपत्र प्रदान गरिएको हाे ।

प्रतियोगितामा २८ वटा गाउले पुरुष टिमको सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

