हेटौंडा उपमाहानगरपालिका ९ कर्रामा अवस्थित मुस्लीम समुदायको चिहान (कब्रस्थान) को संरक्षणको लागि संरक्षण समिति गठन गरिएको छ।
मङ्गलबार मुस्लीम युवा समाजद्वारा आयोजीत साधारण भेला कार्यक्रममा हेटौडा वडा नं ९ का जन प्रतिनिधि विष्णु थापा मगरको आतिथ्य मा ८९ जना को उपस्थिती भेलाले अब्दुल्लाह देवान को अध्यक्षता मा ११ जनाको कार्यसमिति गठन भएको छ।
कब्रस्थानको संरक्षण न हुँदा र कब्रस्थान प्रति ध्यान न दिएकोले उक्त कब्रस्थान लागुपार्थ सेवन गर्ने गजेडी युवा हरुको थलो बन्न पुगेको गुनासो स्थानिय बासीद्वारा आएकोले अब देखि त्यस्तो नकरात्मक कार्य रोकी जीर्ण अवस्थामा रहेको कब्रस्थान लाई सही ढंगले व्यवस्थापन गर्न संरक्षण समिति गठन गरिएको कार्य समितिका नवनिर्वाचित अध्यक्ष अब्दुल्लाह देवानले बताएका छन्।
कब्रस्थान संरक्षण कार्य समितिको अध्यक्षमा समाज सेवी युवा अब्दुल्लाह देवान, उपाध्यक्षमा सैयद्दिन मिया, सचिव अनवर हुसैन, कोषाध्क्ष मञ्जिता कार्की सफीक,र त्यस्तै सदस्यमा हबीब मिया,सलिम अन्सारी,आलम गिर मन्सुरी,मो.अफताब,रुस्तम मिया अन्सारी सर्वसहमतिले चयन भएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

