Rashtriya Dainik

उपाध्यक्ष हुदाहुदै नियम विपरीत पाल्हिनन्दनमा वडाअध्यक्षलाई कार्यवाहक जिम्मेवारी

राष्ट्रिय दैनिक / नवलपरासी , २१ भदौ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी हुदाहुदै वडा नम्बर १ वडा अध्यक्ष चुल्हाई प्रसाद यादवलाई कार्यवाहक जिम्मेवारी दिएको छ।

गाउँपालिका उपाध्यक्ष उपस्थिति हुदा हुदै पनि कार्यपालिकाे बैठक बसेर वडा अध्यक्षलाई जेष्ठताकाे अधारमा गाउँपालिका कार्यवाहक अध्यक्ष दिइएको हाे।

स्थानीय सरकार सन्चालन ऐन २०७४ मा उपाध्यक्षले गर्ने काम कर्तव्य अधिकारमा अध्यक्ष वा प्रमुख पालिकामा अनुस्थित भएको खण्डमा उपाध्यक्ष या उपप्रमुखले निजको कार्यभार सम्हाल्ने उल्लेख छ।

साेहि एेनमा अध्यक्षले गर्ने काम कर्तव्य अधिकार भित्र अध्यक्ष सात दिन भन्दा बढी समय पालिकामा अनुपस्थित हुनेभएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष तथा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख गरिएको छ।

तर उक्त गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी हुँदा हुँदै बैठकले जेष्ठताकाे अधारमा निर्णय गरेर वडा नम्बर १ वडा अध्यक्ष चुल्हाई प्रसाद यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हाे ।

करिब १८ दिनदेखि पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता पालिकामा अनुपस्थित भएकोले कार्यवाहक जिम्मेवारी दिने गरी भदौ १९ गते अध्यक्ष गुप्ताले पत्र पठाएपछि कार्यपालि बैंककमा माओवादी केन्द्रको बहुमत भएकोले नियम मिचेर उक्त निर्णय गरिएको उपाध्यक्ष खातुनले बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा २१४ को उपधारा ३ मा संविधान र अन्य कानुनको अधिनमा रही गाउँपालिका वा नगरपालिकाको शासन व्यवस्था निर्देशन र सञ्चालन गर्ने अभिभारा गाउँ कार्यपालिका वा नगर कार्यपालिको हुनेछ भन्ने उल्लेख भएको र अध्यक्षले समेत कार्यपालिबाट कार्यवाहक ताेकि पत्र पढाएकाले वडाअध्यक्षलाई जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो ।

अध्यक्ष गुप्ता माअाेवादीबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष खातुन नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकि हुन ।

कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ ।कार्यवाहक जिम्मेवारी दिइएको वडा अध्यक्ष नेपाली काङ्ग्रेसका हुन । उपाध्यक्ष खातुनले अाफ्नाे विरोध गर्दै अाएकाेले अध्यक्ष गुप्ताले उहाँलाई कार्यवाहक नदिइएको अध्यक्ष गुप्ता निकट स्राेतले बताएको छ।

कार्यपालिकाको बैठकमा उपाध्यक्ष स्वयं उपस्थिति हुनुहुन्थ्यो । वडाअध्यक्षलाई कार्यबहाक दिएपछि उपाध्यक्ष खातुन र वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र कुमार सहानीले बैठक पुस्तिकामा असहमति जनाएको उपाध्यक्ष खातुनले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित