राजन कुमार बानिया / पर्सा २१ भादौ
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ५ मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय मसिहानीले अायोजना गरेका १२ कक्षा उतिर्ण छात्रछात्राहरुलाई सम्मान कार्यक्रमट सम्पन भएको छ। नेरामाबी मसिहानी का ७ जना छात्र ,छात्रा हरुलाई प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खादा अोढाई डायरी र पेनबाट समानित गर्नु भएको हो । बिधालयका छात्र, छात्रा हरुलाई सम्मानित गर्दै भने गाउँपालिकाले पहिलो प्राथमिक्ता शिक्षा नै रहेको छ । पहिला देखि शिक्षाको अवस्था दैनिय रहेको देखिएको छ । जगरनाथपुर गाउँपालिका भरि मा ३१ वटा बिधालय रहेको छ बिधालयहरुमा सात चोटी अनुगमन गरिसकेको छु । कहि भवन को अवस्था ,कहि बिधार्थी भाइ बहिनीहरुलाई बसने ब्रेच डेक्स को कमी त कहि शिक्षकहरुको समस्या देखिएको छ । सोको मध्यनजर गरि यश पाली ३ करोड को बजेट शिक्षा सुधार कार्यक्रममा राखेको छु। यति अवस्था कमजोर भएपनी शिक्षक हरु ले इमानदारी पुर्वक लागनु भएको शिक्षक हरुलाई धन्यवाद समेत गापा अध्यक्ष यादवले दिए। साथै बिधालय बाट पल्स टु राम्रो नम्बर ल्याएर उतिर्ण गरेका छात्र,छात्रा भाइ बहिनी हरु लाई बधाई समेत दिनु भएको थियो। सम्मान कार्यक्रममा बोल्दै गापा अध्यक्ष यादवले भने अाउने दिनमा शिक्षामा विशेष सहयोग रहने बताए । अाउने दिनमा जगरनाथपुर गाउँपालिकाका बिधार्थी भाइ बहिनी लाई अाफ्नै घरमा खाना खाएर अाफ्नै गाउँ ठाउँको बिधालयहरुमा प्रबिधिक शिक्षा लिने ब्यवस्थापन गरिने बताए। सम्मान कार्यक्रममा बिधालयबाट पल्स टु साईनस मा ७५ प्रतिशत नम्बर ल्याए का छात्रा मेनिका कुमारी चौधरीले भनिन सरकारी बिधयालमा मन र लगनसिलताले पठन पाठन गरेमा प्राईभेट बोडिंग स्कुल को जरुरी छैन ।सरकारी बिधालयमा पढेर र नायब सुबा , शिक्षक बन्न सकिन्छ । महँगो बिधालयको कुनै जरुरी छैन अाफ्नो घर बाट खाएर अाफ्नै ठाउको उच्च माध्यमिक बिधालय हरुबाटा राम्रो नम्बर लियाउन सकिन छ। छात्रा चौधरीले भनिन गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधि हरुलाई ध्यानअाकर्सन गराउदैभनिन कि सरकारी बिधालयमा गरिब र असाहाय ,दलित हरुका छोरा छोरीहरु जानछन पढन किन कि महँगो बिधालयमा पढन पढाउन नसकनेले सरकारी बिधालयमा पढछन । त्यसै कारण बिधालायका अस्वस्थालाई सुधार गरिदिन अाग्रह समेत गरिन। सम्मान कार्यक्रम बिधालय का प्रअ नयाजुदिन मियाँको अध्यक्षतामा सम्पन भएको थियो। कार्यक्रममा गापा उपाध्यक्ष बबिता सिंह , प्रमुख प्रसाशकिय अधिकृत कृष्णानन्द राय ,वडा अध्यक्ष बिहारी महतो नुनिया, शिक्षा प्रमुख लालदेव प्रसाद यादव,लगायत ले बधाई तथा शुभकामना समेत दिनु भएका छन। सम्मान कार्यक्रममा बिधालय का बिधार्थी भाइ बहिनीहरुले बिधायमा त्यारपारिएका साँस्कृतिक कार्यक्रम समेत गरेका थिए ।कार्यक्रममा स्थानिय अबिभावक ,शिक्षक ,पत्रकार, बिधालयका बिधार्थीहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

