Rashtriya Dainik

पश्चिम नवलपरासी माओवादीद्वारा उमेदवारको नाम सिफारिस

नवलपरासी, २० भदौ

नेकपा माओवादी केन्द्र पश्चिम नवलपरासीले प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारको नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा सिता देवी बौडेल, रामानन्द यादवलाई सिफारिस गरिएको छ। यस्तै ओमराज अधिकारीको नाम प्रदेश सभामा सिफारिस भएको छ

निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री घनश्याम यादव, रामधनी केवट एवम् भेष बहादुर खराल (विवि खराल) लाई सिफारिस गरेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम यादवले जानकारी दिए।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र मध्ये १ (क) मा राजु प्रसाद हरिजन, केयर कुँवर र शुभान अलि असारी सिफारिस भएका छन्। यस्तै क्षेत्र नम्बर १ ख बाट अमित खडका, सुदामा कोईरी, सुरेन्द्र शर्मा र धिरज त्रिपाठीलगायतको नाम सिफारिस भएको छ ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लोक प्रसाद श्रेष्ठ भविश्वर तिवारी, गोपी जवाली, वीर बहादुर विक, खड्ग बस्नेतलाई सिफारिस गरिएको २ (ख) बाट बुद्धन अलि ध्रुव नारायण बनियाँ, ध्रुब नाव पाण्डे, सुरेश गुप्ता, दिनेश

यादव र कन्हैया कोहारको नाम सिफारिस भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज गोपी ज्ञवालीले बताए। माओवादी केन्द्रको प्रदेश समितिले सकेसम्म निविरोध, नभए अधिकतम ३ जना आकाक्षीहरुको नाम सिफारिस गर्न जिल्ला समन्वयन समितिलाई निर्देशन दिएको थियो।

कतिपय क्षेत्रहरुमा तीन भन्दा बढी आकाक्षीहरुको नाम आएकोले आकाक्षी सबैको नाम पठाईएको ईन्चार्ज ज्ञवालीले बताए। माजबादी केन्द्रको प्रदेश कार्यालयले उमेदवार छनोट गर्दा राजनैतिक नियुक्ति पाएका, पछिल्लो निर्वाचनमा भाग लिएका वा राज्यको कुनै सुविधा नलिएका कार्यकर्तालाई प्राथमिकता दिने नियमावली अनुसार अगाडि बढ्ने माओवादीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित