Rashtriya Dainik

चोरी भएको यात्रुवाहक बस भेटियो

राजन कुमार बानिया / पोखरिया , २० भदौ
बिरगंजको बसपार्क नजिकबाट चोरी भएको यात्रुवाहक बस आज भेटिएको छ ।
बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको निजी ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थियो ।
बिरगंजको बसर्पाक एरियाबाट चोरी भएको यात्रुबाहक बस प्रहरीको सकृयाताले २४ घण्टाभित्र पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा सिकटा नाकामा उक्त बस वेवारिसे अवस्थामा फेला पारेको छ ।
अनुसन्धान गर्ने क्रममा नेपाल भारत सिमा भिस्वा सिकटा नाका नजिकै वेवारिसे अवस्थामा बस भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो । निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको छ । बससँगै प्रहरीले बसको खलासिलाइ पनि नियन्त्रणमा लिएको बुझिएको छ ।
बेवारिसे भेटिएको बसलाई वीरगञ्ज ल्याउँने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । चोरहरुले बसलाई ग्रामिण भिस्वा नाका प्रयोग गरी भारत भित्रियाउँने योजना हुन सक्ने आशंका समेत गरिएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित