राष्ट्रिय दैनिक / नवलपरासी ,२० भदौ
नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस भएका छन् । क्षेत्र नंं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।
क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ देवकरण कलवार, विक्रम खनाल,कुल्दिप आचार्य, विनोद चौधरी र उषा बास्तोला सिफारिस भएका छन् ।
त्यस्तै प्रदेश सभातर्फ (क) मा विश्व प्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।
क्षेत्र नंं. २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरि सिफारिस भएका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

