उमेश बि.क / नवलपरासी ,२० भदौ
नेपाली कांग्रेसले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको नाम सर्वसम्मत सिफारिस गरेको छ।
पश्चिम नवलपरासी काङ्ग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ ले केन्द्रीय सदस्य कण्डेलकाे नाम प्रत्यक्ष तर्फ सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति माधव प्रसाद पाण्डेयले बताउनु भएको हाे ।
कण्डेल पुर्व गृहराज्यमन्त्री तथा क्षेत्र नं २ काे प्रतिनिधिसभा सदस्य समेत हुन ।
कण्डेल संगै नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाट प्रदेशसभा निर्वाचन क र ख का लागि उम्मेदवारकाे नाम सिफारिस गरिएको छ ।
प्रतिनिधी सभाको प्रत्यक्षतर्फ कंडेलसंगै समानुपातिक तर्फ नेपाली काङ्ग्रेस नवलपरासी सभापति अर्जुन कुमार पोखरेल र तारादेवी भण्डारीकाे नाम सिफरिस गरिएको छ ।
त्यस्तै पार्टीले प्रदेश सभा ´क` निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेस नवलपरासीको बरिस्ठ सदस्य मोहन प्रसाद शर्माकाे नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिक तर्फ देवी पोखरेल, शिवशंकर प्रसाद राय, कृष्ण नारायण श्रेष्ठ, सुनिता कुमारी सुवेदी श्रेष्ठ, टिचन गुरुङ्, सोमबहादुर रायमाझीको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश सभा ´ख `का लागि प्रत्यक्षतर्फ बैजनाथ कलवार, नगेन्द्र अग्रहरीको नाम सिफरिस गरेको छ ।
त्यस्तैगरी समानुपातिक तर्फ राधेश्याम पाठक, अनिता दवाडीको नाम सिफारिस भएको नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ सभापति माधव प्रसाद पाण्डेयले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

