Rashtriya Dainik

नवलपरासी –२ मा कांग्रेसबाट देबेन्द्रराज कण्डेल सर्वसम्मत सिफारिस । काे हुन कण्डेल…?

उमेश बि.क / नवलपरासी ,२० भदौ

नेपाली कांग्रेसले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको नाम सर्वसम्मत सिफारिस गरेको छ।

पश्चिम नवलपरासी काङ्ग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ ले केन्द्रीय सदस्य कण्डेलकाे नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेयले बताए।

नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नामपनि शिर्षस्थानमा मानिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँण्डेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ ।
राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँण्डेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाउनुभएका कण्डले यतिबेला पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकाकाे लागि भिडिरहनुभएकाे छ।

कण्डेलले द्धन्द्धकालमा गृह राज्य मन्त्रीको भुमीकामा रहदा सरकारको तर्फबाट तत्कालीन अवस्थामा माओबादीका शिर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आउनुभएको थियो ।

सोही काम गरेर चर्चामा आउनुभएका कण्डेललाई सोही बखत द्धन्द्ध कालमा तत्कालीन माओबादीबाट १७ राउण्ड गोली प्रहार भई आक्रमणको प्रयास भएको थियो । यद्यपी मृत्युलाई समेत जितेर कण्डेल भाग्यले बाच्न सफल हुनुभयो । यद्यपी कण्डेललाई त्यो बेला लागेको गोलीहरु मध्ये एउटा गोलीअझै पनि कण्डेलको छातीमा छ ।

नेता कण्डेलको पृष्ठभुमी
वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कँण्डेल र आमा धनदेवी कँण्डेलको कोखबाट जन्मीनु भएका नेता कण्डेलको जीवनपनि संंघर्षपूर्ण छ । अहिलेसम्मको आफ्नो पूर्ण राजनीतिमै बिताउनु भएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अब्बल हुनुहुन्थ्यो । शैक्षिक योग्यताको हिसाबले उँहा स्नातक तह उत्र्तिण हुनुहुन्छ भने विगतम अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान दिनुभएको छ । तर कण्डेलकी हजुरमुवा साथै बुवा पृथ्वीराज कँण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो । उँहाको बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रह्नु भएको थियो भने उहांको हजुरमुवा पनि पुर्व सांसद हुनुहुन्थ्यो । नेपालको पहिलो जननिर्वा्चित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उँहाको बुवा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो । तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले बिजयी हुनु भएको थियो ।

केन्द्रीय राजनीतिमा नेता कँडेल
साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वा्चित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रीय बन्नु भएको थियो । त्यही लोकप्रियताका कारणपनि उँहालाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुईपटक बिजयी गराएका थिए । २०५१ सालको सांसदीय निर्वाचनमा नेता कँण्डेल त्यतीबेला निर्वाचन क्षेत्र नं.४ बाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो । त्यति बेला उँहा (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गर्नु भएको थियो । यस्तै २०५६ मा भएको सांसदीय निर्वाचनमा सोही क्षेत्रबाट उँहाले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको थियो । दुईवटै निर्वाचनबाट बिजयी भएर उँहाले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी संभाल्नु भएको थियो । तत्कालीन गिरिजा प्रसाद कोईरालाको सरकारमा उँहाले संसदमा सचेतकको भुमिका समेत निर्वाह गर्नु भएको थियो । यद्धपी उक्त समय देशमा माओबादी केन्द्रको ससत्रद्धन्द्ध काल चरम सिमा नाघेको थियो । शुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी संभाल्न त्यतीबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो । नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा संभाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा दुई दुई पटक सम्म गृहमा राज्य मन्त्रीको जिम्मा कँण्डेलले संभाल्नु भएको थियो । ससत्रद्धन्द्ध कालमा शान्ति शुरक्षा कायम गर्नका लागि उँहाले चालेको केही कदम र बोलेको बचनले गम्भीर आक्रमणको सामना समेत गर्नुपर्यो । वि.सं २०६० भाद्र १२ गते माठमांडौमा उँहा माथी १७ राउन्ड गोली प्रहार भएको थियो । जसमध्ये ७ वटा गोली उँहालाई सरीरको विभिन्न भागमा लागेको थियो । एउटा गोली अझै उँहाको छातीमै रहेको छ ।

२०६० पछिको यात्रा
अहिले बोनस लाईफ बाँचीरह्नु भएका नेता कँण्डेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उँहाले १ वर्षको जीवन निर्वाशन जीवन बिताउन पर्याे । तर २०६२÷६३ को आन्दोलनमा उँहालाई पार्टीले कांग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो । उँहाले लुम्बिनि अञ्चलको कमाण्डर बनेर त्यती बेला कांग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गर्नु भएको थियो । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नकालागि भएको उक्त आन्दोलनमा पनि उँहाको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो ।


२०७४ को निर्वाचन
नवलपरासी निर्वाचन क्षेत्र नं.२ बाट २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिई १० हजार मतान्तरले बिजयी बन्नु भएको थियो । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो निकटतम प्रतिद्वन्द्वी बाम गबठन्धनका उम्मदेवार एवं माओबादी केन्द्रको पोलिटब्युरो सदस्य घनश्याम यादवलाई १० हजार २ सय ३२ मतले पराजित गर्नुभएको थियो । नेता कँडेलले ३४ हजार १ सय ४३, घनश्याम यादव २३ हजार ८ सय ९८ र राजपा नेपालका उम्मदेवार गोविन्द चौधरीले १६ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित