प्रेमशिला यादव सिरहा २० भदौ-आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिसमा गरेको छ ।
भदौ १३ गते बसेको बैठलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बरबरियाको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले जानकारी दिए ।
बरबरिया नेपाल प्राध्यापक संघका भुपु महासचिव एवम त्रिभुवन विश्वविद्यालयका निवर्तमान सभापति समेत रहेका हुन् ।बर्तमान अबस्थामा मुल्य र मान्यताका राजनीतिमा ह्रास र नैतिकताको खडेरी परेको अवस्थामा आफुले सक्दो सुधार गर्नका लागि योगदान गर्न चाहेको हुनाले आकांक्षा राखेको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

