Rashtriya Dainik

वातावरण संरक्षणको लागी लायन्स क्लव अफ लहान फुलवारीद्वारा बृक्षारोपन

महेश सिंह सिरहा लहान २० भदौ – सिरहाको लहानलाई स्व्च्छ र हरियो वातावरण बनाउनमा लायन्स क्लव अफ लहान फुलवारीले निजि तथा सामुदायिक बिधालय र सडक पेटीकाहरुमा विभिन्न प्रजातिका विरुवाहरु रोपने गरेका अध्यक्ष राकेश झाले बताए।

भदौको तेस्रो हप्ताबाट लहान नगरपालिका भित्र बृक्षा रोपन गर्न लागेका पत्रकार समेलनमा जनाए। लहान नगरपालिका भित्र करिब ८५ निजि बिधालय र ५९ वाटा सामुदायिक बिधालय रहेका संस्थाका डाईरेकटर राम प्रमोद यादवले बताए।लायन्स क्लव अफ लहान फुलवारीको बिश्वमा १४ लाख सदस्य र ४७ हजार ल्यान्स क्लव र २१२ वाटा देशमा संचालनमा रहेका छन्।

उक्त संस्थामा आबद्ध रहेका ब्यक्तीहरुले विभिन्न बर्ग समुदायका ब्यक्तीहरु आवद्ध रहिएका छन् भने यो पुर्ण रूपमा non poltical गैर सरकारी संस्था हो। स.न.२०१७ सालमा स्थापना भई समाजिक हितका लागी अखा उपचार शिबिर,स्वास्थय शिबिर,क्यान्सर शिक्षा र वातावरणको क्षेत्रमा
उई सर्भको भवना बोकी काम गरि रहेका छन्।

लहान नगरपालिकाको २४ वाडा अन्तर्गत रहेका निजि तथा सामुदायिक बिधालय भित्र र सडकको पेटीमा पिपल,बर, अमला,निम,रुद्राक्ष लगायतका बिरुवाहरु लगाउने क्लवका सचिब श्यामसुन्दर साहले जानकारी दिनु भयो।

संस्थाको पदाअधिकारीहरुमा प्रथम डाईरेकटर राजा बाबू साह, दोश्रो शंकर प्रसाद गुप्ता,तेस्रो कासिन्द्र यादव राम प्रमोद यादव,डा.रितेश गिरी,अध्यक्ष राकेश झा,डा. शुशान्त कुमार स्वतन्त्र, कोषा अध्यक्ष मनिष सारडा,उपेन्द्र प्रसाद यादव,बिजय कुमार यादव,सहसचिब गंगा प्रसाद यादव लगायत २७ जना सदस्य रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित