राज चाैधरी / नवलपरासी , १९ भदौ
नेपाल निजामती कर्मचारी यूनियन पश्चिम नवलपरासीले रक्तदान कार्यक्रम आयेजन गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।
यस अवसरमा समाजमा मनविय सेवाको भवन लिएर यस क्षेत्रमा पनि केही काम गर्नु पर्छ र अहिले बढदो कोभिड लहर सगंै रगतको अभाव देखिएको अवस्थामा रगतको अभाव नहोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजन गरेको यूनियनका सचिव सुन्दर खनालले बताए ।
रेडक्रस सोसाईटीको प्राविधिक सहयोग तथा पृथ्बीचन्द्र अस्पतालको समन्वयमा कार्यक्रम सम्पन्न गरेको हो ।
नवलपरासीका यूनियन जिल्ला अध्यक्ष सन्त गरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जयसवालले स्थापना दिवसको शुभकामना व्यक्त गदै कर्मचारीले नगारिकलाई सरल सहज र छिटोछरितो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यूनियनका केन्द्रीय सदस्य मनिष अधिकारी ,यूनियनका पूर्व जिल्ला अध्यक्ष सुनिल लामिछाने लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । । परासीमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

