Rashtriya Dainik

पर्सा क्षेत्र नं ४ बाट रमेश रिजालको एकल नाम सिफारिस

राजन बानियाँ/ पर्सा, १९ भदौ
नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ उम्मेद्वारका लागि पार्टीका केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ को आइतबार बसेको क्षेत्रीय समिति बैठकले रिजालको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए ।
गएको २०७४ को निर्वाचनमा कांग्रस नेता रिजाल तत्कालिन राष्ट्रिय जनता पार्टी हालका लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको निकटतम प्रतिद्वन्दी थिए ।

नेता रिजाल गरिब दिनदुखीलाई रातको रात दिनको दिन नबुझी‌ जनताहरू को पहरेदार बनेर नाम कमाएका ब्यत्कि हुन।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार अहिले क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अवस्था अन्यको तुलनामा बलियो देखिएको छ ।

आउँदो मंसिर ४ मा हुने निर्वाचनमा पनि उक्त क्षेत्रबाट विजयी बनाउने गरी केन्द्रीय पहुँच भएका नेता रिजालको नाममा सर्वसम्मत सहमति गरेर नाम सिफारिस गरिएको क्षेत्रीय सचिव बलिष्टर अहमदले बताए ।

बैठकमा जिल्ला, क्षेत्र तथा प्रदेश क्षेत्रका पदाधिकारी, ६ वटै पालिका र ३२ वटै वडाका सभापति, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित