राष्ट्रिय दैनिक / नवलपरासी , १९ भदौ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ कार्यालयमा पाँच दिने किसानहरुलाई फलफूल तरकारी तथा दुग्ध परिकार एवं अचार बनाउने तालिम शनिबारदेखि सुरु भएको छ।
युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियोजना (रिकाेभ) बाट किसानलाई साे तालिम प्रदान गरिएको छ ।

१५ जना सहभागीता रहेको तालिममा अाइतवार पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले अनुगमन समेत गर्नुभएको हाे ।
उपाध्यक्ष खातुनले तालिम अनुगम गर्दै युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित तालिम निकै राम्रो रहेको बताउदै महिलाहरु आर्थिक रुपमा सवल र सक्षमहुनुपर्ने आवश्यकता रहेको भन्दै आर्थिक सवलीकरणका लागि सिप हासिल गरि प्राप्त सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै अाइतवार नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी अध्यक्ष मेघराज गाैतमले तालिमकाे अनुगमन गर्दै महिलाहरुले बनाएको अचार घरमा मात्रउपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउंदै उत्पादनभएको अचारको बजारीकरणका लागि ब्यवस्था मिलाइदिने बताउनुभएको थियो ।साथै सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु दिनुभएको थियो।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष रबिन्द्र सहानीले अचार बनाउने तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको बताउनुभयो । तालिम पश्चात व्यवसायीक बन्न सके महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताउदै अगामी दिनमा वडाबाट अाफुले सक्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएकाे थियो ।

स्थानीय स्तरमा पाईने कृषि बालि र खाद्य वस्तुबाट अचार कसरी बनाउने , दुग्ध परिकार कसरी बनाउने भन्ने बारेमा सिकारुलाई सिकाइने रिकाेभ परियोजना संयाेजक सुस्मिता शर्माले बताउनु भएको हाे।
तालिमकाे सहजिकरण रामउग्र चाैहानले गरिरहनु भएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

