Rashtriya Dainik

लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस

प्रिन्स मिश्रा/ कपिलवस्तु – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभातर्फ ३ (क) तर्फ पार्टीका केंद्रीय सदस्य रवि दत्त मिश्राको नाम सर्वसम्मत सिफारिस गरेको छ।

शनिवार क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभा ३ (क) तर्फ सर्वसम्मत सिफारिस गरेको हो ।

त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा मोहम्मद रजा र अल्पसंख्यकमा सुरेश जयसवाल, खास आर्यमा सीता खनाल नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ |

( प्रदेश सभा क्षेत्र नं ३ समानुपातिक (क) रविदत्त मिश्रा , खेमराज चौधरी, शिव भगत ठाकुर
सुरेश जैसवाल (अल्पसंख्यक )
मोहम्मद रजा (मुस्लिम )
सीता खनाल (खस आर्य)
प्रदेश सभा क्षेत्र नं ३(ख)
सिराज अहमद
लालमन कुर्मी
समानुपातिक
अब्दुल कलाम मुसलमान
विजय कुमार चौधरी
श्रमती सीता यादव सहितको नाम सिफारिश गरेको छ |

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित