राष्ट्रिय दैनिक / नवलपरासी , १९ भदौ
थारु समुदायको र समग्र हिन्दु धर्मका विभिन्न जातजातिले मान्ने पर्व ‘बड्की आईतवार’ को अवसरमा सरावल गाउँपालिकाले आइतबार सार्वजनिक बिदा गरेको छ ।
पालिकाले सूचना निकालेर अाज आइतबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
थारु कल्याणकारी सभाको अनुरोधमा कार्यपालिका बैठकबाट अनुमोदन हुने गरी यस गाउँपालिका कार्यालय र गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय, विद्यालयमा स्थानिय विदा गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।
थारु समुदाय र समग्र हिन्दु धर्मका विभिन्न जातजातिले मनाउने बडका आइतबारको अवसरमा पालिका अध्यक्ष चाैधरीले सरावल गाउँपालिकावासी आमाबुवा दिदिवहिनी दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

