Rashtriya Dainik

अध्यक्ष तिवारीद्वारा गाउँपालिका कार्यालयको अनुगमन ।

राजकुमार बानियाँ ,बिन्दबासिनी । बिन्दबासिनी गाउँ पालिकाका अध्यक्ष प्रमोद तिवारीले वडा नम्बर २ को बहुवर्वा भट्ठा स्थित रहेको गाउँ कार्यपालिका कार्यालयको आज अनुगमन गर्नु भएको छ ।

अनुगमनको क्रममा गाउँपालिका बाट हुने कामकाजको अवस्थामा सुधार ल्याउनका लागि पालिकाको सम्पूर्ण कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो ।

गाउँपालिकाको बिकासको मुख्य मेरुदण्ड रहेको पालिकामा सुधार हुनु पर्ने बताउँदै सबै कर्मचारीलाई समय मै उपस्थिति भइ आआफ्नो काममा लाग्न आग्रह गर्नुभयो ।

भोलि देखि सबै कर्मचारीलाई समयमा आउने तथा समयमा नआउने कर्मचारीको हाजिरी काटिने उहाँले बताउनु भयो । आज सबै कर्मचारीलाई गाउँपालिका कार्यालयमा भेला गरी भोलि देखि समयमा आउने तथा नआएका कर्मचारीको हाजिरी १०: १५ बजेमा हाजिरी काटिदिने उहाँले बताउनु भयो ।

क्षेत्रको चौतर्फी बिकासका लागि विभिन्न कार्यक्रम संचालन गरेकोले समयमा कार्यालय आई सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । यदि कुनै कर्मचारीलाई पालिकाको कामले ढिलो भएमा वा पालिका आउन नसकेमा पालिकाका प्रमुख अधिकृत अथवा लेखा प्रमुखलाई जानकारी गराई दिनु हुन बताउनु भयो । साथै पालिकाको काम काजले पालिकाको गाउँमा जानु परेमा गाउँपालिकाको लगबुकमा लेखी जान बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित