Rashtriya Dainik

नेपाली काङ्ग्रेस नवलपरासीमा उम्मेदवार छनोटमा विवाद , अाज पुनः बैठक सुचारु

राष्ट्रिय दैनिक / नवलपरासी , १९ भदौ

नेपाली कांग्रेस पश्चिम नवलपरासीमा उम्मेदवार छनोटमा विवाद भएको छ । विवादका कारण संघ र प्रदेशको उम्मेदवारको नाम सिफारिस हुन सकेको छैन । संघ र प्रदेशको उम्मेदवारहरुको नाम सिफारिस गर्न शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल र संविधानसभा सदस्य बिक्रम खनाल गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो । शनिबारको बैठक अाइतबार बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसकाले जनाएको छ।

केन्द्रले खटाएका प्रतिनिधि मानबहादुर नेपाली दुई गुटको विवादका कारण शनिबार बसेको बैठकमा आएनन् ।

विवादका कारण केन्द्रीय प्रतिनिधि बैठकमा नआएपछि बैठक स्थगित भएको हाे। शनिबार बसेको बैठकले अाइतबार पुनः बैठक बस्ने गरी बैठक स्थगित गरेको छ ।

बैठकमा केन्द्रबाट अर्का प्रतिनिधि र प्रदेश सभातिलाई समेत बोलाएर उम्मेदवारको नाम सिफरिस गर्ने सहमति भएको हाे । आगामी मंसिर ५ गते हुने संघ र प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको भए पनि विवादका कारण हुन सकेन ।

दुई गुटलाई मिलाएर संघ र प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस सम्बन्धमा अाज पुन बैठक सुचारू भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित