नवलपरासी,१८ भदौ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासी बुद्धद्धोकमा अवस्थित अत्याधुनिक सार्वजनिक शाैचालयको उद्घाटनमा मेयर धनपत यादव र उपमेयर सम्झना चौधरी पुग्नु भएको छ।
मेयर यादवले एक कार्यक्रम बिच शनिवार शाैचालयको रिबन काटेर उदघाटन गर्दै उनले शुभारम्भ गरेका हुन् ।
चालिस लाख बढिको लागतमा बनेको उक्त सौचालय अपाँगमैत्री समेत बनाइएको छ । महिला पुरुषको छुट्टै सौचालयसँगै अपाँगका लािग छुट्टै सौच कक्ष रहेको छ । बाथरुप सहित रहेको उक्त सौचालयमा हात सुख्खा बनाउने अटोमेसन मेसिन समेत जाडन गरिएको उनले जानकारी गराए ।
सत्तरी लाखको सौचालयको आयोजना भए पनि भ्याट बाहेक ४० लाखमा टेण्डर भएको थियो । अहिले काम सम्पन्न भए पछि यसको शुभारम्भ गरिएको हाे ।

कार्यक्रममा उपमेयर सम्झना चौधरी सहित वार्ड नं.५ का वार्ड अध्यक्ष रामवृक्ष यादव र वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपाने(बेबी)को समेत उपस्थिती रहेको थियो । अगाडी सारेको बजार सफाई अभियानलाई निरन्तरता दिदै दोश्रो शनिवार पनि सफाई गरेको हो । नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरी,नगरप्रहरी,स्थानिय संघसस्थाका युवाहरुको सहभागितामा सफाईलाई निरन्तता दिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

