Rashtriya Dainik

नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. १ मा एमालेले आफ्ना उमेदवारको टुङ्गो लगायो

बर्दघाट,भर्दाै–१८

नेकपा एमाले पश्चिम नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठक शुक्रवार बर्दघाटमा सम्पन्न भएको छ । संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता र केन्द्रिय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न् भएको हो ।

बैठकले आगामि मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा एमाले पश्चिम नवलपरासीबाट संघिय निर्वाचन क्षेत्र नं. १ अन्र्तगतका उमेदवारहरुको टुङ्गो लगाएको छ ।

शुक्रवार बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको संघिय निर्वाचन क्षेत्र नं. १ को विस्तारीत बैठकले प्रदेशका लागि निर्वाचन क्षेत्र नं. १ (क) वाट पुण्य प्रसाद पौडेल,सिन्धु जलेसा,राम बहादुर भण्डारी,एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारीस गरेको छ भने निर्वाचन क्षेत्र नं. १ (ख) वाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारीस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

त्यसैगरी सोही बैठकले निर्वाचन क्षेत्र नं. १ को संघिय निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र राम लखन हरिजनको नाम सिफारीस गरेको संघिय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेले जानकारी दिनु भएको छ ।

संघिय निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज ईन्द्र गुरुङ्गको स्वागतबाट शुरु भएके बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार परिषद् खिमलाल पोखरेल,जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,प्रदेश कमिटिका सचिवालय सदस्य तुलसी पासी,केन्द्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनाल लगाएका नेताहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित