Rashtriya Dainik

कृष्णनगरमा मतदाताको मन जीतन सफल हुदै जयसवाल

कपिलबस्तु /१८ भदौ
कृष्णनगरको चर्चित नेता शिवप्रसाद जयसवाललाई मतदाताले रोचाई रहेका छन। जयसवाल एमलेबाट टिकट नपाएपछि छोरा महेश जयसवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए र सोही उम्मेदवारीले लालटीन चुनाव चिन्ह पाएका थिए। सोही चुनाव चिन्हबाट जयसवाल घरदैलोको क्रममा तोलटोलबाट जनसमर्थन र साथ सहयोग पाईरहेको छन। गत निर्बाचनमा दुस्रो स्थानमा रहेका जयसवाल यो निर्बाचन जनताको दिल जीतन सफल हुने उनको निकट नेताहरु बताऊछन।

नगरपालिकाको मेयर पदका प्रत्यसी महेश जयसवालले पालिकावासी नागरिकको विश्वासलाई आत्मसात गरि उच्च सम्मानको साथ हरेक क्षेत्रमा विकासको मुहार फेर्ने संकल्प लिएको बताउनु भयो । कृष्णनगर जनताले मौका दिए भने जनताको सेवक बनेर काम गर्ने बताए। शिक्षा, स्वास्थय, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने साथै सिचाईलाई ब्यवस्थित गरी पानीका मुहनहरुको पत्ता लगाई तिनको संरक्षण गर्दै दिर्घकालिन रुपमा सिचाइको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कृष्णनगर क्षेत्रको उत्थानको लागि कृष्णनगरका जनताले लामो समय देखि एउटै परिवारलई नेतृत्व दिए त पनि सो परिवारले कृष्णनगरको उत्थान गर्नामा असफल रहेको स्थानीय बताऊछन । सोही भएर जनताले योपालि कृष्णनगरको नया नेतृत्वमा जयसवाललाई लाउन सोचमा छ।

कृष्णनगर नगर जनताको समस्यामा कुनै परिवर्तन नभएको विकास भेदभावपूर्ण ढंगले भएको छ। नागरिकले दुख पिडा सहदै आएकोले अब यो अवस्था आउन नदिन योजना अनुसार लाग्नु हामी सबै कृष्णनगरबासीको साथ सहयोग रहनेछ स्थानीय नागरिकहरुले जयसवाललाई विस्वास दिलाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित