राष्ट्रिय दैनिक / काठमाडौं , १६ भदौ
आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कलबाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने दावी गर्दछ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतसंगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । “कम्तीमा हामी मधेशमा गठबन्धन गर्नुपर्ने अवस्थामा छैनौँ । हामी मधेशका सबै क्षेत्रमा एक्लै लड्न समर्थ छौँ । मधेशका हरेक क्षेत्रका नेता कार्यकर्ताहरुको एउटै माग छ मधेशमा गठबन्धन नहोस् हामीलाई क्षति हुन्छ । हाम्रो जस्तोे बलियो आधार क्षेत्र त काङ्ग्रेसको पनि छैन अहिलेको अबस्थामा ।
विभिन्न पार्टीसंग एकताको नाममा भागबन्डा गर्नुपर्ने र पार्टीभित्र सन्तुलन मिलाउने नाममा योग्य उम्मेदवारले टिकट नपाउने कारणले पार्टी उठ्न सकेको थिएन अब उक्त अबस्था नरहेकोले यसपालीको निर्वाचनबाट जसपा मधेशमा एकछत्र छाउँछ” बस्नेतले भने ।
गठबन्धन गर्दा जसपाले जती क्षेत्र मधेशमा छोड्नुपर्छ त्यती नै क्षेत्र अन्यत्र जित्ने सुनिश्चिता भएमात्र गठबन्धन हुन्छ, अन्यथा गठबन्धन गर्नुपर्ने कारण रहदैन” बस्नेतले थपे ।
स्थानीय तहको निर्वाचनको अनुभव सुनाउँदै उनले भने, “विगतमा हामीले इमान्दारी पूर्वक गठबन्धनलाई सघायौँ तर गठबन्धनले हामीलाई भने धोका दिएको छ यसबाट हामीले पाठ सिकेका छौँ ।

पार्टीलाई स्थापित गराउँन र उत्पीडित समुदाय र श्रमजीविहरुको पार्टीको रुपमा जसपालाई स्थापित गराउँन हामी कुनै कसर बाँकी राख्दैनौँ” उनले भने ।
जसपाले मधेससंगै प्रदेश १ को मोरङ, सुनसरी, खोटाङ, धनकुटा, भोजपुर, लुम्बिनीको बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बर्दिया सुदुरपश्चिमको कैलाली र कञ्चनपुर, बागमती प्रदेशको काठमाण्डौमा चुनाव जित्ने नेताहरुको दावी छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

