भाद्र १६,नयाँदिल्ली — उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ । विशेषगरी विगतमा मुस्लिम शासकहरूले राखेका नामलाई योगीको शासनकालमा फेर्न थालिएको हो ।
त्यही क्रममा विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिने प्रस्ताव पनि गरिएको छ । आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको छ । परिषद्मा ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको छ । परिषद्ले पारित गरेमा र त्यसलाई योगी क्याबिनेटले स्वीकृत गरेको खण्डमा नाम फेरिनेछ । तर, यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय हुनुपर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको विवाद बढाइएकै बेला नाम फेरिने प्रस्ताव पनि आएको हो ।
पछिल्लो चार वर्षमा आगारमा ८० वटा सडकको नाम फेरिएको छ । त्यहीअनुसार ताज महलको नाम फेर्न पनि आवाज उठ्दै आएको छ । ताज महलमा हिन्दु सभ्यतासँग जोडिएका तथ्यहरू रहेको भन्दै हिन्दु संघ/संस्थाहरूले त्यस्तो आवाज उठाउँदै आएका छन् । त्यहाँ पूजाआजा गर्न पाउनुपर्ने माग पनि उनीहरूको रहँदै आएको छ । आगराका मेयर नवीन जैनले परिषद्को बैठकमा ताज महलको नामका विषयमा छलफल हुने मिडियाहरूसँग बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

