उत्तमकुमार थापा /बझाङ
बझाङमा जिपकाे ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका गगन ओखेडा रहेका छन ।
जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ओखेडाको घटना स्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारि दिएको छ । चालक बुंगल नगरपालिका –६ बस्ने दिपेन्द्र धामी लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

