हरिकिशोर शर्मा / जिराभवानी ,भाद्र -१२
ठोरी ३ ब्रम्हानगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छ्न ।
सरस्वती आबि ब्रम्हानगर नजिकै अहिले सांझ ६ बजे बाटोमा पार्किङ गरि राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा पिडिएस ईन्टरनेट कम्पनीका एक कर्मचारी घाइते भएको घटनाका प्रत्यक्षदर्शी शिक्षक गोपिलाल श्रेष्ठले जानकारी दिनु भयो ।
घाइतेको टाउकोमा चोट लागेको र तत्काल उपचारका लागि बिरगंज लगिएको शिक्षक श्रेष्ठले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

